कञ्चनपुर ३ जेठ । कञ्चनपुरको भिमदत्त नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार पदम बोगटीले फराकिलो अग्रता लिएका छन् ।
बोगटीले १०१२ मतका साथ फराकिलो अग्रता लिइरहँदा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले ३५८ मत प्राप्त गरेका छन् भने एमालेका महेश पन्तले ३१९ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका गजेन्द्र चन्दले २६३ मत प्राप्त गरेका छन् ।
नगरपालिका उपप्रमुखमा पनि काँग्रेसका उम्मेदवार निलम लेखक जोशीले ८६३ मतसहित अग्रता लिइरहेकी छन् ।
उनलाई माओवादी केन्द्रका बोक्सर जोशीले ६०८ मतसहित पछ्याइरहेका छन् भने एमालेका भुवन कुँवरले ४३५ मत प्राप्त गरेका छन् । राप्रपाका हेलेन श्रेष्ठले २१७ मत प्राप्त गरेका छन् । अहिले मतगणना जारी छ ।