धनगढी, ३ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ। उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो।
प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए।