काठमाडौँ, २० वैशाख । मंगलबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको छ।
यससँगै छापावाल सुनको भाउ ९७ हजार २ सय रुपैयाँमा झरेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९६ हजार ७०० रुपैयाँमा झरेको छ।चाँदीको भाउ भने सोमबारको तुलनामा स्थिर देखिएको छ। चाँदी प्रतितोला १२९० रुपैयाँमा कारोबार भइरहेको छ।
