धनगढी,५ वैशाख। जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा काजमा तानिएका छन् ।कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काजमा काठमाडौं तानेका हुन् ।
ऐनमा व्यवस्था नै नभएको अवस्थामा बलात्कारमा परेकी किशोरीले बयान फेरेको भनेर जोशीको इजलासले ३ वर्ष सजाय तोकेको थियो ।त्यो फैसलाको प्रारम्भिक जाचबुझपछि जोशीलाई सर्वोच्च तानिएको न्याय परिषद स्रोतले जनाएको छ ।