काठमाडौँ, २ वैशाख । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख २ हजार रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि १ लाख ५ हजार पुगेको छ।शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ।चाँदी प्रतितोला १४१५ रुपैयाँमा कारोबार भइरहेको छ।
