धनगढी, १ वैशाख/ धनगढीमा स्थिति खप्तड मेडिकल कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।नयाँ वर्षको अवसरमा कलेजले सो कार्यक्रम आयोजना गरेको हो ।
धेरै मानिसहरु रगतको कारणले ज्यान गुमाउनु परेकोले केही सहयोग होला भनि सो कार्यक्रम आयोजना गरेको खप्तड मेडिकल कलेजका विद्यार्थी संघका अध्यक्ष एसपी भट्टले जानकारी दिए । विद्यार्थी लगायत अन्य गरेर १७ जनाले रक्तदान गरेको खप्तड मेडिकल कलेज विद्यार्थी संघका अध्यक्ष भट्टले बताए ।