धनगढी २८ चैत/सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले विपद्मा रेडक्रसको महत्वपुर्णं भुमिका हुने भएकोले मन्त्रालय र रेडक्रस हातेमाले गर्दै अघाडी बढ्नुपर्ने बताएका छन् ।मंगलबार धनगढीमा नेपाल रेडक्रस सोसाइटी कैलालीद्वारा बधाई कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
डा. रावलले रेडक्रसले विपद् तथा असाहयलाई सहयोग गर्ने संस्था भएकोले बताउदै आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि विपद्मा काम गर्ने उदेश्य मिल्ने भएकोले यस्ता बिषयमा सहकार्य गरेर जाँदा मात्रै सफल हुने बताए । सुदूरपश्चिममा ठुलो विपद् भुकम्प आउने भुगर्भबिदले बताईरहदा हामी सबै पुर्व तयारीमा जुट्नुपर्ने मन्त्री रावले बताए ।
रेडक्रसले समाजमा थुप्रै परोपकारी र उद्यारको काम गरेको स्मरण गर्दै उनले अब सरकार सामाजिक संस्था संग मिलेर अघाडी बढ्ने बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले संस्थाले गरेका गतिबिधीका बारेमा जानकारी गराएका थिए । अध्यक्ष जोशीले सरकार संग रेडक्रम समाज बिषयमा संगै अघाडी जाने बताए । सोसाइटीका महामन्त्री लोकराज जोशीले संस्थाको संरचना र हाल गरिरहेका क्रियाकलापका बारेमा समेत प्र्रस्तुति राखेका थिए ।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावललाई नेपाल रेडक्रस सोसाइटी कैलालीले आफ्नै कार्यालयमा बधाई कार्यक्रम राखेका थिए ।
