धनगढी,१९ चैत । कैलालीको अत्तरियामा तनाव कायमै रहेको छ । यहाँको पदमा अस्पतालमा उपचाररत गोदावरी(३ का बिरामी विनोद कुमार बोहराको मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।लापरबाहीले बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका हुन् । शुक्रवार साँझ उनलाई डायरिया भएपछि अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा मृत्यु भएपछि मृतका आफन्त आक्रोशित भएका हुन् । उनीहरूले बिहान अस्पतालमा समेत तोडफोड गरेका छन् ।अहिले मृतकका आफन्तहरूले अत्तरिया चोक समेत बन्द गराएका छन् । चोकमा प्रहरीले सुरक्षा कडा पारेको छ ।चोकमा प्रदर्शन हुन थालेपछि यहाँ भएर चल्ने यातायात सेवा ठप्प भएको छ ।





