• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कञ्चनपुरमा लागुऔषध कारोबार नियन्त्रणमा चुनौती

महेन्द्रनगर, १८ चैत । कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुर्व्यसनी बढ्दै गएको छ। प्रहरीको तथ्याङ्क हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ।

विगत तीन वर्षयता यहाँ लागुऔषध सेवन गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले १७ देखि ३० वर्ष उमेर समूहका बालिका तथा युवा लागुऔषध दुर्व्यसनमा रहेको जानकारी दिए।

“पटकरपटक लागुऔषधमै फेला पर्न थालेपछि धेरैलाई त मुद्दा चलाएर कारबाही गरिरहेका छौँ।” उनले भने,“लागुऔषध दुर्व्यसनबाट छोराछोरी बचाउन अभिभावकको पनि मुख्य भूमिका रहन्छ।” प्रहरीले भारतसित खुला सीमा नाका भएका कारण यहाँ ब्राउनसुगरलगायतका लागुऔषधको कारोबार नियनत्रणमा चुनौती रहेको बताउँदै आएको छ।

“भारतबाट लुकिछिपी ल्याउने र यहाँ कारोबार गर्ने धेरै कारबाहीको दायरामा छन्।” प्रवक्ता शाहले भने–“ यो कारोबारमा संलग्न भारतीयलाई पनि जेल चलान गरिएका घटना छन्।” प्रहरीले लागुऔषध नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। प्रहरीका अनुसार आर्थिक वर्ष २०७६र७७ मा ८७ लागुऔषध सेवन कर्ता पक्राउ परेका थिए। यसमा सात भारतीय नागरिक हुन्। सो अवधिमा प्रहरीले २१ किलो २५ ग्राम चरेश, नाइट्राभेट ३७५ ट्याब्लेट, हेरोइन २६९ ग्राम बरामद गरेको थियो।

त्यस्तै प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७र७८ मा लागुऔषध असोपारपसार तथा सेवन गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या बढेर २३० जना पुगेका थिए। साथै, लागुऔषधको विभिन्न अभियोगमा १४१ वटा मुद्दा चलाएको थियो। चालु आर्थिक वर्षको आठ महिनामा लागुऔषध कारोबार तथा सेवनमा संलग्न ९९ विरुद्ध मुद्दा दर्ता गरेको छ। सो कारोबारमा संलग्न १६५ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सो अवधिमा लागुऔषध नाइट्राभेट १२७४, स्पाम २७६, रेक्सोजेसिक १६४ ग्राम, खैरोहिरोइन २६५।२३ ग्राम, चरेस ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न आपाराधिक क्रियाकलापमा संलग्न अधिकांश लागुऔषध सेवन गरेको अवस्थामा घटना घटाउने गरेको देखिएको जनाएको छ।

 

शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.