धनगढी १६ चैत/नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसकैलालीमा पनि मनाइएको छ। स्थापना दिवसको अवसरमा महासंघको सुदूरपश्चिम प्रदेश समिति र कैलाली शाखाको संयुक्त आयोजनामा खाद्यान्न वितरण गरिएको छ।
महासंघका प्रदेश अध्यक्ष योगेश रावलका अनुसार असहाय, मानसिक रोगी तथा अभिभावकविहीन भएका व्यक्तिहरुको साहरा बनेको मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको हो। यस्तै स्थापना दिवसकै अवसरमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र कैलाली शाखाको आयोजना तथा खेलकुद पत्रकार मञ्च कैलालीको संयोजनमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता पनि गरिएको छ।
प्रतियोगिताको आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्धघाटन गरिन्। उनले मुलुकको सर्वाङ्गिण विकासमा पत्रकार तथा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन्। प्रतियोगितमा पत्रकारको समूह ‘क’ ले समूह ‘ख’लाई ७–५ को गोलले पराजित ग¥यो। प्रतियोगितका विजेता र उपविजेतालाई नेपाल पत्रकार महासंघले ट्रफिसहित पुरस्कार वितरण कैलालीका शाखाका अध्यक्ष हिमाल जोशीले बताए।