कञ्चनपुर, १६ चैत । कञ्चनपुरमा पिकनिक गएका एक युवकको तालमा डुबेर मृत्यु भएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका कुन्डाका २७ वर्षीय गणेश साउँदको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बुधबबार भीमदत्त नगरपालिका–९ मा पर्ने कालिताल झरनामा नुहाउने क्रममा साउँद तालमा डुबेको र उपचारका लागि महेन्द्रनगरस्थित प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ। साउद महेन्द्रनगरको बसपार्कस्थित एक होटलमा कार्यरत थिए। आज उनी कर्मचारीहरुसँग पिकनिक गएका थिए।