रौतहट ,१३ चैत ।सर्लाहीमा आइतबार विहान बस दुर्घटना हुदा चारको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको फुलजोरमा यात्रुबाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाइले दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाएको चारै जनाको सनाखत हुन सकेको छैन।
वीरगन्जबाट जनकपुरका लागि छुटेको ना ४ ख ८५५५नम्बरको यात्रु बाहक बस ११स्३० बजे पुलबाट खसेपछी दुर्घटना भएको हो। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
