• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डडेल्धुरामा पत्रकार महिलाको प्रदेश भेला,१० बुँदे घोषण पत्र जारी

धनगढी, १० चैत । सुदूरपश्चिमको डडेल्धुरामा आयोजित पत्रकार महिलाहरुको प्रदेश भेला बुधबार सम्पन्न भएको छ। पत्रकार महिलाहरुको क्षमता विकासको उद्देश्यका साथ आयोजना गरिएको उक्त भेला १० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो।

भेलाले पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षा, नियमानुसारको पारिश्रमिक उपलब्धता, पेशागत स्थायित्व, दक्षता अभिवृद्धिका लागि आवश्यकता अनुरुप विषयगत तालिम सञ्चालन, सम्पूर्ण सञ्चार गृहमा पत्रकार नियुक्ति र पदोन्नतीमा समावेशी नीति अपनाउनुपर्ने माग घोषणा पत्रमा राखेको छ। नीतिगत र नेतृत्व तहमा पत्रकार महिलाको सहभागिता सुनिश्चित गर्न सञ्चार सम्बद्व विभिन्न निकायमा हुने नियुक्तिमा पत्रकार महिलाको समान सहभागितालाई सुनिश्चित गर्न तीन वटै तहको सरकारसँग माग गरिएको छ।

यसैगरी आमसञ्चार नीति र श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्नुका साथै सञ्चार सम्बन्धी प्रदेश र स्थानीय कानुनहरु अविलम्व निर्माण गरी लागु गर्न, त्यस्ता कानुनमा पत्रकार महिलालाई विशेष व्यवस्थाको नीति अवलम्वन गर्न, केन्द्र, प्रदेश र स्थानीयस्तरमा महिलाद्वारा सञ्चालित छापा तथा विद्युतीय माध्यमको स्थायित्वका लागि संरक्षण, संवद्र्धन र प्रोत्साहन गर्न प्रदेश र स्थानीय सरकार समक्ष आवश्यक नीतिगत व्यवस्था गर्न, सबै सञ्चार माध्यमले त्यहाँ कार्यरत पत्रकारहरुलाई नियुक्ति पत्र अनिवार्य दिन र आन्तरिक लैंगिक नीति बनाएर कार्यान्वयन गर्न घोषणा पत्रमार्फत माग गरिएको छ।

त्यस्तै, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रेस काउन्सिलले उपलब्ध गराउँदै आएको पत्रकार उपचार सहायता र सञ्चार उपकरण खरीद रकम उपलब्ध गराउने विद्यमान व्यवस्थामा पुनरावलोकन गरी पत्रकार महिलाहरुलाई विशेष प्राथमिकता प्रदान गर्नुका साथै बिमा व्यवस्था, पत्रकार महिलाका लागि फेलोसिपका कार्यक्रम, अध्ययन छात्रवृतिमा प्राथमिकता प्रदान गर्न र महिलामाथि हुने सबै प्रकारका हिंसाका घटनाहरुको कानुनसम्मत तवरले सशक्त प्रतिरोध गर्नुका साथै महिला अधिकार हननका घटनामा प्रदेश र स्थानीय निकायमा गुनासो सुन्ने संयन्त्रको स्थापना गरी कार्यान्वयनमा लैजाने व्यवस्था गर्न भेलाबाट जारी गरिएको घोषण पत्रमार्फत माग गरिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्य, क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे)को समन्वय र नेपाल पत्रकार महासंघ डडेल्धुराको आतिथ्यता तथा व्यवस्थापन सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले डडेल्धुरमा दुई दिने ८ र ९ गते भेला सम्पन्न गरेको हो। भेलामा नौ वटै जिल्लामा कार्यरत सय बढी महिला पत्रकारहरुको सहभागिता रहेको थियो।

सहभागी महिला पत्रकारहरुले श्रमअनुसार पारिश्रमिक नपाइरहेकै कारण पत्रकारिता पेशामा महिलाहरु टिक्न नसक्ने गरेको गुनासो गरेका थिए। आफ्ना पेशागत समस्याहरु राख्ने क्रममा उनीहरुले आफू कार्यरत मिडिया हाउसमा महिला र पुरुष पत्रकारको पारिश्रमिकमा असमानता रहेको बताउँदै एउटै पेशामा रहेको सो असमानता हटाउनुपर्ने माग गरेका थिए। आफूहरुले गरिरहेको पेशाबाट सहजै जीविकोपार्जन गर्न सकिने गरी नीति नियम निर्माण गरी लागु गर्नसके कोही पनि पत्रकार महिलाले आफ्नो पेशाबाट पलायन हुर्नुपर्ने अवस्था नआउने उनीहरुको तर्क थियो।साभार

 

बिहिबार, चैत १०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.