काठमाडौँ,७ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।
त्यस्तै बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका केहि स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।