डोटी, ७ चैत/मानवीय सेवामा अनेकौं प्रयास संस्था द्वारा आदर्श गाउँ पालिका वडा नम्बर ६ मा रहेको गिरिचौका माध्यमिक विद्यालय र वडा नम्बर २ मा रहेको कालि भैरव माध्यमिक विद्यालय कोटान्जर लाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।उक्त संस्था द्वारा संचालित केयर एण्ड रिलिफ परियोजना वाट दुवै विद्यालय लाइ चारर चार थान कम्प्यूटर,एकरएक थान प्रिन्टर,कटनरोल,बेटाडिन,स्प्रिट र हेण्ड प्लास्टर बितरण गरेको संस्थाका अध्यक्ष भक्त राज जोशीले जानकारी दिए ।
आधुनिक तथा प्रविधि युगमा बिध्यार्थी लाइ कम्प्युटर प्रयोग को बारेमा जानकारी होस र थप पठनपाठन मा सहयोग मिलौस भन्ने उद्देश्यले उक्त सामग्री बितरण गरेको उजोशीले बताए ।सामाग्री बुझ्दै दुवै बिध्यालयका प्राध्यापकले संस्था लाइ धन्यबाद दिएका छन्। यो विगट ठाउका सामाग्री दियर गुन लगाउनु भयको छ,बिध्यालयमा कक्षाकोठाको अभाव भएपनि व्यावस्थापन गरेर चार थान कम्प्यूटरले थप सबै बिध्यार्थीले प्रत्यक्ष प्रयोग गर्न सक्ने उनले बताए ।
बिध्यालय को प्राङ्गणमा एक औपचारिक कार्यक्रम गरी अभिभावक, बिध्यार्थी, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागितामा उक्त सामग्री हस्तान्तरण गरेको थियो । यस्तै भोलि पुर्विचौकि गाउ पालिका वडा नम्वर ६ मा रहेको शिसुसुधार माध्यमिक विद्यालय र अन्य दुइ वटा आधारभुत विद्यालय लाइ पनि सामाग्रिहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको उक्त संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता भक्तराज जोशिले जानकारी दिए ।
