धनगढी ६ चैत/र धनगढी उपमहानगरपालिका वडा नम्बर २ का अपाङ्गता भएका २५ जनाले आइतबार सहायता सामाग्री पाएका छन् । सहायता सामाग्री पाएपछि उनीहरु निक्कै खुसी देखिएका थिए ।अपाङ्गताका कारण हिँडडुलमा निक्कै दुख पाइरहेकी धनगढी उपमहानगरपालिका‐२ कि विष्णुदेवी गुरुङ ह्वील चियर पाउँदा खुसीका आशु बगाइरहेकी थिइन ।
उनले ह्वील चियरले हिँडडुल गर्न सजिलो हुने आशा लागेको बताइन । सोही कार्यक्रममा दिसापिसाव गर्न कठिनाइ भोगिरहनु भएकी भानुदेवी पार्कीले पनि दिसापिसावका लागि सहज हुने सामाग्री पाइन ।यूएसआइडीको सहयोगमा फेज नेपाल र स्वालम्वन जीवनपद्धती केन्द्र ललितपुरद्धारा सञ्चालित नेपालमा स्वालम्वी जीवनपद्धती अवधारणाको विस्तार र सृद्धिढिकरण अन्र्तगत पूर्ण तथा अति अशक्त अपांगता भएका व्यक्तीहरुका लागि निशुल्क सहायता सामाग्री वितरण गरिएको थियो ।
उनीहरुलाई धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले ह्वीलचियर हस्तान्तरण गरका थिए । सो अवसरमा बोल्दै धनगढी उपमहानगरका प्रमुख वडले कोरोनाका कारण अपाङ्गता भएकाहरुलाई सक्दो सहयोग गर्न नसकेको बताउदै सहयोगका लागि दात्तृ संस्थासँग आग्रह गरिएको बताए । यसैवीच केही दिनपछि उपमहानगरले १०० जनालाई अझ सुविधायुक्त सामाग्री वितरण गर्ने उनले बताए ।
स्वालम्वन जीवनपद्धती केन्द्र कैलालीका अध्यक्ष भीमबहादुर शाहको अध्यक्षतामा भएको सो कार्यक्रममा लतिपुरका अध्यक्ष भोजराज श्रेष्ठ, सचिव कमला श्रेष्ठ लगायतले धनगढीका १९ वटै वडामा अपाङ्गता भएकाहरुको तथ्याङ्क सङ्कलन भइरहेको बताए ।लतिपुरका अध्यक्ष भोजराज श्रेष्ठले सरकारले अपाङ्गता भएकालाई सहायता सामाग्री दिनु पर्ने बताएका थिए । अपाङ्गता भएकालाई सहायता सामाग्री ।दयाभावले होइन अधिकारकारुपमा दिइनु पर्ने उनले बताए । उनले आफ्नो कर्मथलो ललितपुर उपमहानगर अपाङ्ग मैत्री भएको् समेत बताएका थिए ।
सो कार्यक्रम अन्र्तगत धनगढी वडानम्बर १४ मा किराना पसलका लागि २५ हजार, वडानम्बर ७ मा वंगुर पालनका लागि २० हजार र वडा नम्बर ३ मा भैसी पालनका लागि ३५ हजार रुपियाँ अपाङ्गता भएका १र१ जनालाई सहयोग गरिएको स्वालम्वन जीवनपद्धती केन्द्र कैलालीका अध्यक्ष भीमबहादुर शाहले बताए ।