• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

तनहुँमा थुनछेक बहस सकेर पल शाहलाई फेरि नवलपुर लगिने

काठमाडौँ, ६ चैत । नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि नायक पल शाहविरुद्ध तत्काल थुनछेक बहस भने नहुने भएको छ। गत बिहीबार नै शाहविरुद्ध बलात्कारको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।

शुक्रबार विदा भए पनि आइतबारबाट थुनछेक बहस सुरु हुनुपर्ने हो। तर जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै नाबालिग गायिकाले बलात्कारको जाहेरी दिएकाले त्यहाँ थुनछेक बहसपछि मात्रै नवलपुर पठाइने भएको हो।

जिल्ला अदालतले तनहुँमा थुनछेक बहस सकिएपछि पललाई नवलपुर पठाइदिन पत्र पठाइसकेको अदालत स्रोतले जनाएको छ।‘तनहुँ अदालतमा थुनछेक बहस सकिएपछि यता पठाइदिन भनेका छौं। त्यहाँ पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए पनि नभए पनि अभियुक्तलाई यहाँ ल्याइन्छ’, अदालत स्रोतले नेपालखबरलाई भन्यो।

यसअघि बयानका लागि नवलपुर लगिएको थियो। एक साता गैँडाकोटमा राखेर पललाई पुनः तनहुँ पठाइएको हो।गैँडाकोटमा २०७७ चैत ७ गतेको घटना भएकाले पहिले गैँडाकोटमा मुद्दा दायर भएको हो। एक वर्षभित्रमा मुद्दा दर्ता गरिसक्नु पर्ने कानुनी व्यवस्था छ। तर तनहुँमा भने गत असारको घटना भएको पीडितको जाहेरीमा उल्लेख छ।

तनहुँमा पनि केही दिन भित्रैमा मुद्दा दर्ता हुने भएको छ। अभियुक्तलाई पक्राउ गरेको २५ दिनभित्रमा मुद्दा दर्ता गरिसक्नुपर्छ।गत फागुन १५ गते आफैँ प्रहरी कार्यालयमा हाजिर भएका शाह हिरासतमा रहेको २१ दिन भएको छ।

पछिल्लो पटक गत शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। यसअघि पहिलो पटक ७ दिन र दोश्रो पटक १२ दिन म्याद थप गरिएको थियो।

जिल्ला अदालत नवलपुरमा उनलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ। उनीविरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग १५ वर्ष ८ महिना ४ दिनको भएको पुष्टि भएको छ।

१८ वर्षभन्दा कम उमेरका नाबालिगलाई सहमतिमै करणी गरे पनि बलात्कार मानिने कानुनी व्यवस्था छ। १४ देखि १६ वर्ष उमेरका नाबालिग बलात्कार गर्नेलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

 

आइतबार, चैत ०६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.