धनगढी, ५ फागुन/धनगढीमा प्रहरीले यौन व्यबसायी महिलाहरु पक्राउ परेका छन् । प्रहरीले धनगढीमा होटलमा यौन व्यबसाय बिकराल रुपमा फैलदै गएपछि यसलाई मिसनकै रुपमा लिई धनगढीमा अनुसन्धानमा तिब्र पारिएको छ ।
शनिबार धनगढी–७बाट यौन धन्दामा संलग्न पाँच जना महिला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक बेद जोशीले जानकारी दिए । यौन धन्दा गराउने धनगढी–७ फुडल्याण्ड होटल र लक्ष्मी होटलका दुबै जनाका संचालक समेत पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक जोशीले सुदूरपत्र अनलाईनलाई जानकारी दिए ।
‘अहिले धनगढीका होटलहरुमा यौन व्यवसायी मौलायको जनगुनासो बढेपछि मिसनकै रुपमा अघि बढाएका छौ’ प्रहरी उपरीक्षक जोशीले भने–‘यस्ता अनैतिक कृयाकलापमा संलग्न कडा कार्वाही हुन्छ ।’