धनगढी, ३ फागुन/यौन धन्दा चलाउने धनगढीका चार होटलबाट प्रहरीको छापा मार्दा नौ महिला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीको एलएन चोकको रहेको शाही होटल प्यालेस, चौराहा ट्राफिक चोकका सनराईज होटल, चौराहकै बुढिनन्दा बाजुरा होटल र क्याम्पस चोक स्थित रहेको प्रिन्स होटलबाट प्रहरीले नौ जना महिला सहित ४ जना होटल संचालकलाई पक्राउ गरेको हो ।
यौन धन्दामा संलग्न नौ जना महिला र चार जना होटल व्यवसायीहरु समेत पक्राउ थन अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।