काठमाडौँ, ३ चैत । नेपाली बजारमा बिहीबार सुन र चाँदीका भाउमा वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ।तेजावी सुनको भाउ पनि प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको छ।
चाँदीको भाउ पनि बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले बढेको छ।
चाँदी प्रतितोला १३९० रुपैयाँमा कारोबार भइरहेको छ।