काठमाडौँ, २ चैत । मुलुकभरी मनाइने फागु पर्व (होली)को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ।यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।
यो अफर अन्तर्गत रु. ६९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ।
स्टार१४१५स्टार११ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।नेपालीहरुको महत्वपूर्ण पर्वहरू फागु पूर्णिमा र चैते दशैँलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ।