काठमाडौं, २ चैत । लोक सेवा आयोग स्टाफ नर्सका लागि विज्ञापन खुलाएको छ । नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूहको स्टाफ नर्स पदमा पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।
पाँचौ तहका लागि खुलामा १६५ जना, महिला ४५ जना, आदिवासी। जनजातिमा ३६ जना, मधेसी २९ जना, दलित १३ जना, अपाङमा ७ जना र पि।क्षेमा ५ जना स्टार्फ नर्स माग गरेको हो ।आवेदकले चैत २२ गते र दोब्बर दस्तुरमा चैत २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
