• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कञ्चनपुरमा व्यावसायिक खेतीतर्फ आकर्षित गर्न अनुदानमूलक कार्यक्रम

कञ्चनपुर,२ चैत । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले व्यावसायिक खेतीका लागि कृषि अनुदान कार्यक्रम सञ्चालन गरेको छ। किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ। किसानलाई गाउँमै बसेर पनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आत्मननिर्भर बनाउन र उनीहरुको आयआर्जनमा सुधार ल्याउन सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषि औजार, प्लाष्टिकका टनेल निर्माण, सिँचाइ, बीउबिजनलाई समेटिएको छ। नगरपालिकाका ११ वटै वडाका किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी अनुदानमूलक कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका कृषि शाखाप्रमुख लालबहादुर धामीले जानकारी दिए। उनका अनुसार किसानलाई अनुदानमा कृषि औजार वितरणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले रु २७ लाख बजेट विनियोजन गरेको छ। “मागका आधारमा ५० प्रतिशत अनुदानमा कृषि औजार वितरणका लागि कार्यक्रम अगाडि बढाएका छौँ”, उनले भने, “व्यावसायिक खेतीमा संलग्नलाई पहिलो प्राथमिकतामा राखेका छौँ।”

किसानले प्रति टनेलमा पनि ५० प्रतिशत अनुदान पाउने व्यवस्था गरिएको छ। टनेल निर्माणका लागि नगरपालिकाले प्लाष्टिक उपलब्ध गराउने उनले बताए। यस कार्यक्रमअन्तर्गत प्लाष्टिकको टनेलमा निर्माणका लागि रु तीन लाख तथा फलाम ट्रष्टसहित प्लाष्टिक टनेल निर्माणका लागि रु चार लाख ५० हजार वजेट विनियोजन गरिएको उनले बताए। त्यस्तै तरकारी, केरा लगायतको खेतीलाई अगाडि बढाउँदै आएका किसानलाई ५० प्रतिशत अनुदानमा नगरपालिकाको कृषि शाखाले सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटर वितरण गर्नका लागि रु १२ लाख वजेट विनियोजन गरिएको शाखाप्रमुख धामीको भनाइ छ। किसानलाई सुपरग्रिन ब्यागसमेत अनुदानमा उपलब्ध गराइने उनले बताए। “तीन लेयरको ब्यागमा राखेको अनाजमा घुन, पुत्ला तथा किरा नलाग्ने भएकाले अन्न सञ्चित राख्नका लागि प्रयोग हुने यस्ता ब्याग किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँछौं”, उनले भने, “यसका लागि रु तीन लाख वजेट विनियोजन भएको छ।”

शाखा प्रमुख धामीका अनुसार किसानलाई इलेक्ट्रिक स्प्रे ट्याङ्की अनुदानमा उपलब्ध गराउनका लागि समेत रु तीन लाख वजेट विनियोजन गरिएको र अनुदानमा सो ट्याङ्की प्रदान गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यसैगरी, पकेट क्षेत्र विस्तार गर्नका लागि ससर्त अनुदान कार्यक्रमअन्तर्गत रु १२ लाख विनियोजन गरिएको छ। केरा पकेट क्षेत्र विस्तारका लागि तीनवटा पकेटमा रु चार लाखका दरले र तीनवटा धान पटेक क्षेत्रका लागि रु चार लाखका दरले अनुदान रकम उपलब्ध गराइनेछ।

 

बुधबार, चैत ०२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.