धनगढी, २७ फागुन । कैलालीका होमस्टे कोरोना पछि फेरी सञ्चालन हुने भएका छन । ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । ब्यवस्थित होटल,लज नभएको स्थानमा होमस्टे एउटा राम्रो विकल्प हो । होम स्टेको छुट्टै बिशेषता छ । पाहुनासत्कार,सस्कृति झल्काउने परम्परागत शैली ,रहन सहन,भेषभुषा होमस्टेमा पुगे नजिक बाट नियाल्न पाइन्छ ।
पर्यटन प्रवद्र्धन संगै आर्थिक रुपान्तरण गर्नमा पनि होमस्टे सफल भएको छ । कैलालीे जिल्लाको पहिलो होमस्टे धनगढी उपनगरपालिका वडा न १६ मा सञ्चालन भएको भादा होम स्टे पनि पर्यटन प्रबद्धन गर्न सफल भइरहेको छ ।
तराई भु–परिधी कार्यक्रम तालको सहयोगमा २०६७ साल बाट भादा होम स्टे सञ्चालनमा आएको हो । स्थानियको सहभागिता बिना संरक्षण सम्भब नभएकाले संरक्षणमा स्थानियको सहभागीता गराइ आयआर्जनमा टेवा पुर्याउनका लागी होम स्टे सञ्चालनको अवधारणा ल्याएको सरंक्षणकर्मी तथा सामुदायिक बन समन्वय समितिका अध्यक्ष विशाल सापकोटाको भनाइ छ ।
१५ ओटा घर बाट सुरु गरिएको होमस्टे हाल ५ घरमा थप गरि २० घरमा सञ्चालन भइरहेका छन् । भादा होमस्टमा थारु परम्परागत मौलिक कला सास्कृतिक, थारु खाना, बास बस्न संगै लोपोन्मुख, आगन्तुक तथा रैथाने चराहरु समेत अवलोकन गर्न पाइन्छ ।
धार्मिक तथा पर्यटनको दृष्टिले महत्वपुर्ण मानिएको बेहेडाबाबा मन्दिर , विभिन्न तालहरु, बसन्ता जैविक मार्ग संगै जोडिएकाले जहाँ चराचुरुङ्गी बन्यजन्तु को भारतीय दुधुवा नेसनल पार्क हुँदै कर्तरनिया बन्यजन्तु सेन्चुरी हुँदै कर्णाली कोरिडोर हुँदै चुरे भाबर बाट बसन्ता जैविक मार्गमा ओहोरदोहोर गरिरहेका हून्छन् ।
भादा होमस्टेमा कृषि पर्यटन प्रसस्त रहेको जहाँ नुन र चिनि मात्र बजार किन्न गइन्छ अरु आफैले गाउमा उत्पादन गरिन्छ जहाँ रैथाने, मौलिक खाना खुवाइन्छ , आत्मनिर्भर कृषि प्रणाली रहेको छ । भादा होम स्टेमा पर्यटकहरु आउने गर्दछन ।
पछिलो समयमा कोरोना माहामारिका कारण होमस्टे पनि अछुतो रहन सकेन जसकारण होम स्टेमा आन्तरिक तथा बाह्य पर्यटन आउन सकेनन ।
होमस्टेमा पाहुना नआउदा आफ्नो आर्यआर्जन र जीबिकोपार्जन , होमस्टेको घर निर्माण कार्य , विभिन्न सामाग्री जडानमा पनि असर परेको होमस्टे घर न. ६ का नरेन्द्र चौधरीले बताए ।
भादा होम स्टे ब्यवस्थापनका लागी स्थानिय तह लगायत सरकारी निकायबाट पनि सहयोग भइरहेको छ । होम स्टेको ब्यवस्थापनका लागी अहिले शौचालय, नुहाउने बयवस्था सहितको नया घर निर्माण भइरहेका छन ।
यसरी कोरानाका कारणले थला परेको होमस्टेलाई नया तरिकाले अगाडी बढाउनका लागि तीन दिनको मसुरिया सामुदायिक बनको समन्वय र तराई भु–परिधी ताल कार्यक्रम सहयोगमा कोरोना पछिको होमस्टे को अवस्था कस्तो , आगामी दिनमा कसरी जाने भन्ने रणनीति तथा कार्यबिधी , अपाइनु पर्ने समस्या सामाधान लागि उपाय जस्ता विषयमा ३ दिने तालिम सम्पन्न भयको छ ।
