• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

मामाद्वारा भारत पुर्‍याइएकी बालिकालाई फर्काइयो

नेपालगन्ज,१८ फागुन ।आफ्नै मामाद्वारा भारत पुर्‍याइएकी नेपालगन्जकी १६ वर्षीया बालिकालाई घर फर्काइएको छ। नेपालगन्ज उपमहानगरपालिका–२ निवासी ती बालिकालाई करिब १० वर्षअघि ६ वर्षकी हुँदा आफ्नै मामाले घरबाटै भारत पुर्‍याएका थिए।

बालिका भारतको अल्मोडा जिल्लाको राजकीय बालगृह ‘किशोरी बख’मा थिइन्। नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र अधिकारकर्मीको टोलीले भारतबाट फर्काएर उनलाई घरमा ल्याएका हुन्।बालिकाकी आमाका अनुसार मामाले बालिकालाई कोही नभएको मौका छोपी घरबाटै ‘चोरेर’ भारत पुर्‍याएका थिए। भान्जीलाई भारतमै राखेका मामाले यौन दुव्र्यवहारको समेत प्रयास गरेपछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो।

अदालतको फैसलापछि मामा जेल चलान भए भने बालिकालाई बालगृहमा राखियो। चार वर्षदेखि बालगृहमा बस्दै आए पनि उनको पहिचान गर्न समस्याका साथै कानुनी जटिलताका कारण सहजै फर्काउन कठिनाइ भएको थियो। मामाविरुद्ध अदालतमा मुद्दा चलिरहेको र बालिका बालगृहमा रहेको भन्ने जानकारी घरपरिवारकहाँ पुगेपछि मात्र घटनाको वास्तविक रहस्य पत्ता लागेको बालअधिकारकर्मी ऋतिक शाहीले बताए।

‘यी बालिका भारतको बालगृहमा रहेको पत्ता लागेपछि हामी उनलाई फर्काएर ल्याउने काममा जुट्यौं तर त्यति सजिलो थिएन। बालिका सहजै पहिचान हुन नसकेपछि बालगृहले डिएनएन रिपोर्ट खोज्यो, त्यसपछि हामी बालिकाको बुवा र आमालाई सँगै लिएर डिएनए परीक्षण गर्न गयौं। रिपोर्ट मेल खाएपछि बालगृहले बालिकालाई अहिले बालिका जिम्मा लगाएको हो,’ उनले भने।

बालगृहले सरकारी प्रतिनिधिकै रोहवरमा बालिकालाई जिम्मा लगाउने बताएपछि नेपालगन्जबाट वडा २ का वडाध्यक्ष सुनिलसिंह हमाल, नेपालगन्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्राकुमारी पुरी, निर्मला पौडेल, बाल अधिकारकर्मी सल्मान सल्मानीलगायत केही दिनअघि भारत पुगेका थिए।

आशा मारिसकेकी बालिका करिब १० वर्षपछि घरमा फर्केर आएपछि अहिले उनलाई हेर्न छिमेकी तथा आफन्तको भिड लागेको आमाले बताइन्। ‘१० वर्षपछि छोरीलाई सकुशल पाउँदा हामी धेरै नै खुसी छौं,’ आमाले नागरिकसँग भनिन्, ‘घरवरिपरिका छिमेकी मात्र होइन, आफन्तहरू पनि आएर छोरीलाई भेटिरहेका छन्।’ उनका दुई छोरी र तीन छोरामध्ये पीडित बालिका जेठी हुन्।

विपन्न परिवारकी बालिकालाई पुनःस्थापना गर्न सरकारी तथा गैरसरकारी निकायबाट सहयोग आवश्यक रहेको वडा २ का वडाध्यक्ष हमालले बताए। ‘डिएनएन परीक्षण रिपोर्ट मिलेपछि बालिका आफ्नो घरमा फर्किन पाइन्,’ उनले भने, ‘अब यिनलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ।’ सबैको सहयोग र सहकार्यले बालिकालाई घर फिर्ता गराउन सफल भएको हमालले बताए। नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले भारतको बालगृहबाट घर फर्काइएकी बालिकाको पुनःस्थापनालगायत शिक्षादीक्षाका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने बताइन्। यसमा आवश्यक सहयोग गर्न सबै निकायलाई उनले आग्रह गरिन्।

 

बुधबार, फागुन १८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.