धनगढी, १७ फागुन । बडिकेदार शाखा रहेको सेन्चुरी कमर्सियल बैंकले बडिकेदारमा रहेको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पसमा आज (मंगलबार) खानेपानी ट्याङकी सहयोग गरेको छ ।
बडिकेदार गाउपालिका वडा न.१ मा अवस्थित ज्योतीपुञ्ज बहुमुखी क्याम्पसमा शिवरात्रीको अवसर पारेर बैँकको सस्थागत सामाजिक उत्तरदात्व अन्तर्गत १ थान एक हजार स्टिल खानेपानी ट्याङकी बैंकका शाखा प्रमुख राजेन्द्र सिंह साउदले क्याम्पस प्रमुख श्री हेमराज भण्डारीलाई हस्तान्तरण गरेका छन ।
सेन्चुरी कमर्सियल बैँकले उन्नतिशिल प्रगती हासिल गरेकोमा सामाजिक कार्यमा आगामी दिनमा पनि समाजमा यस्ता सहयोग हुने बैंकका शाखा प्रमुख राजेन्द्र सिंह साउदले बताए ।