• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कष्टकर जीवन बिताउँदै वनहराका सुकुम्बासी

कञ्चनपुर, १४ फाल्गुन । डडेल्धुराको आलितालमा रहेको घर जग्गा पहिरामा परेपछि कञ्चनपुर झरेका दलबहादुर बोहरा तीन दशकदेखि वनहरा शिविरमा बस्दै आएका छन्। पहिरामा परेर घर जग्गा गुमाएपछि बासस्थानको खोजीमा बोहराको परिवार वनहरा नदी छेउको शिविरमा बस्दै आएका हुन्। बोहरासँगै पहिरामा घर जग्गा गुमाएका सात परिवार शिविरमा बस्दै आएका छन्। सबै जनाले मजदुरी गरी जीविका चलाउँदै आएका छन्। “मजदुरी गरेको पैसाले साँझ, बिहानको छाक टार्न नै पुग्दैन”, मानबहादुर बोहराले भने, “कहिलेकाहीँ दातृ निकायले दिएको राहतले जीविका चलाउनुपर्छ।” शिविरमा बस्दै आएको झोपडीमा राखिएको प्लाष्टिकको त्रिपालमा निकै गर्मी हुँदा सुत्नै नसकिने अवस्था रहेको उनको भनाइ छ।

“वर्षा हुदा झोपडी नै चुहिने भएपछि वनहरा नदी माथिको पुल मुनि ओत लाग्नका लागि जाने गरेका छौँ”, शिविरका अर्का स्थानीवासी तुलाराम बोहराले भने, “गर्मी सुरु भएसँगै लामखुट्टेका कारण राति सुत्नसमेत सकिने अवस्था छैन।” पुनःस्थापनको आशमा सुकुम्बासी परिवार वर्षौंदेखि शिविर बनाएर बस्दै आएका हुन्। केही परिवार वनहरा नदीको पुल मुनि बस्दै आएका छन्। बैतडीको तत्कालिन सिगास गाविस ढुङ्गाड क्षेत्रबाट वर्षअघि कामको खोजीमा तराई झरेका मानध्व लुहारसमेत सोही शिविरमा बस्दै आएका छन्। पहाडमा छँदा बाजेकै पालादेखि अरुको घरमा हलिया बनेर लुहारले काम गर्दै आएका थिए। उनका बुबालेसमेत सोही बिडोलाई थामे। उनलेसमेत केही समय हलिया बसेरै कार्य गरे। सरकारले हलियामुक्त घोषणा गरेपछि मालिकको घरबाट उनी बिदा भए, खाली हात परिवार बालबालिकासहित। उनले भने, “केही समय भारतमा होटलमा भाँडा माँझ्ने कार्य गरे।” साथीभाई सँगै स्वदेशमै फर्केपछि घरबास नहुँदा नदीको बगरलाई बासस्थान बनाएर बस्नुपरेको उनले बताए।

देशको कुनै ठाउँमा आफ्नो घर र जग्गा भएको सम्झनासमेत उनलाई छैन। उनले भने, “बिहान छ बजेदेखि मजदुरी गरेर साँझको झिमिक्क साँझ नपर्दासम्म कार्य गरेर दैनिक रु २०० कमाइ हुने गरेको छ।” मजदुरीको पैसाले राम्ररी खानसमेत पुग्दैन। वर्षमा एकपटक खरिद गरिएका लुगाले वर्षै धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। मालिकले साँझ ज्याला नदिए नजिकैको नदीको पानी पिएर बालबालिकासँगै भोकै कैँयौ रात सुतेको पीडा उनको छ।

शिविरमा वर्षौंदेखि बस्दै आउनुभएका मथुरा दमाईंले पुर्खौंदेखिका हामी सुकुम्बासी रहेको बताए। “डडेल्धुरामा गुठीको जग्गाामा बस्थ्यौँ। गुठीको जग्गाबाट हटाइएपछि दुई दशकदेखि शिविरमा बस्दै आएका छौँ”, उनले भने, “अरुको मल बोक्ने, खेत जोत्ने र बाली भित्र्याउने कार्य पुस्तौँदेखिको कार्य गर्दै आएका छौँ।” ओत लाग्ने घरजग्गा नभएपछि बाध्य भएर शिविरमा बस्नुपरेको उनको भनाइ छ। “गुठीको जग्गाबाट बेदखल गरिएपछि खानाको खोजी र ओत लाग्ने ठाउँको खोजीमा बगरमा बस्न बाध्य छौँ”, उनले भने, “सुकुम्बासीलाई पुनःस्थापन गरी घरजग्गाको व्यवस्था गर्नका लागि आयोग बनेको सुनेर सुकुम्बासीको फाराम भरेका छौँ। फाराम भरेपछि जग्गा पाउने आश जागेको छ। कहिले जग्गा पाइन्छ। त्यसकै पर्खाइमा छौँ।”

शिविरमा बस्दै आउनुभएका कलावती दमाईंले गाउँगाउँमा अन्न मागेर कपडा सिलाइको कार्य गर्दै आउका छन्। श्रीमान्का दुवै आँखामा आएको खराबीका कारण उनको दिनचर्या निकै कष्टमय भएको छ। घरबासका लागि जग्गा र घर नभएकाले आफू पनि अरु जस्तै उक्त शिविरमा बस्न आइपुगेको उनले बताए। “कमाई गर्ने उमेरका दुई छोरा मजदुरीका लागि भारत पसेको दशक बढी भइसक्यो”, उनले भने, “घर फर्केर नआएकाले नदी किनारबाट दाउरा सङ्कलन गरेर नजिकैको बजारमा सस्तोमै बेचेर भएपनि एक छाकको खाना खर्च जुटाउने गरिएको छ।”

शिविरमै आश्रय लिएका मोहन सुनार खुट्टाका अपाङ्ग छन्। उनकी श्रीमतीले संसार नै छाडेर बिदा भएपछि सानै उमेरका दुई छोरी र एक छोराको पालनपोषणको जिम्मा उनकै काँधमा आएको छ। दिनभरि गाउँगाउँ लठ्ठीको सहाराले पुगेर अन्न र लुगाफाटो माग्दै बालबालिकालाई साँझ बिहानको खर्च चलाउँदै आएको उनले बताए। “बालबालिकाकै लागि बाँच्नुपरेको छ”, उनले भने, “घरजग्गा नभएकाले नदीको बगर नै सबैथोक मेरा लागि छ।” शिविरमा झोपडी बनाएर बस्दै आएका एक दर्जन बढी भूमिहीनका ४० बढी बालबालिकासमेत शैक्षिक सामग्री र विद्यालय पोशाकका लागि खर्चको जोहो गर्न नसक्दा विद्यालय जानसमेत पाएका छैनन्। पुस्तौँदेखि सुकुम्बासी रहेका शिविरमा बस्दै आएका परिवारले भारतमा दरवारन र कुल्ली बनेर कार्य गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ। युवा सबै भारतमा काम गर्छन्। बुढापाका, महिला र बालबालिका दोदा नदीमा बालुवा चाल्ने र कृषि मजदुरका रुपमा काम गर्दै आएका छन्।

थोरै ज्यालामा काम गर्नुपर्दा साँझ बिहानको छाक टार्नसमेत यहाँ बस्दै आएका परिवारलाई हम्मेहम्मे छ। शिविरमा बस्दै आएकासँग आफ्नो जमिन भएको सम्झनासमेत छैन। बाजेभन्दा अगाडिको पुस्तादेखि नै उनीहरु अरुको घरमा काम गरेर जीवन चलाउँदै आएका हुन्। शिविरमा बस्दै आएकाहरुले भने, “ओत लाग्नका लागि घर, अन्न उब्जाउ गर्नका लागि जग्गा र घरखर्च चलाउनका लागि सीपमूलक रोजगारीको व्यवस्था भए जीवन सहज हुन्थ्यो।” शिविरमा २४ परिवारको बसोबास छ।

शनिबार, फागुन १४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.