काठमाडौँ, १२ फाल्गुन । नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज (बिहीबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राति भने देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, लुम्बिनी र बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ स् देशका पहाडी भूभागको थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।