• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सामुदायक वनको रकम ठेकेदारबाट झ्वाम !

धनगढी, १२ फागुन/डोटीको एक सामुदायिक वनको रकम ठेकेदार, पटके ठेकेदार, वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा खाता खुला गरेर २५ लाख ६५ हजार रुपैयाँ झिकेर हिनामिना भएको हो । उनीहरु संगं मिलेर ठेकेदारले रकम सबै लगेको छ ।

डोटीको बडिकेदार गाउँपालिका–२, चर्केनस्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिको बैंक खातामा रहेको २५ लाख ६५ हजार रुपैयाँ काठ ठेकेदार, उपभोक्ता समिति, वनका कर्मचारी र पटके ठेकेदारले चेक काटेर रकम लगेका हुन् । वार्षिक कार्ययोजना अन्तर्गत कटानी गरेको काठ लिलाम गर्दा एउटा ठेकेदारलाई ठेक्क दिएपछि अर्को ठेकेदारले आफूले वनको काठ संकलन गर्दा लागेको लगानी फिर्ता देऊ भन्दै सामुदायिक वनको खाताबाट पैसा झिकेका हुन्।

स्रोतका अनुसार, सामुदायिक वनको दुई हजार दुई सय १७ क्युफिट सालको गोलिया पुकु ट्रेडर्सले सकारेको थियो। ट्रेडर्सले सकारेपछि ३० लाख ३० हजार रुपैयाँ विमार्का गर्नुअघि सामुदायिक वनको खातामा हालेर काठ उठाएको थियो। पुकु ट्रेडर्सले सामुदायिक वनको खातामा हालेको ३० लाख ३० हजार रुपैयाँ मध्ये विभिन्न बहानामा काठ ठेकेदार, पटके ठेकेदार, वन कर्मचारी, सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा २५ लाख ६५ हजार रुपैयाँ झिकेर हिनामिना भएको हो।

‘सुरुमा काठ कटानी गर्दा आफूले लगानी गरेको र काठ पनि उठाउन नपाएको भन्दै अर्का ठेकेदार चुडामणि अर्याल ९बाबुराम० र विमल साउँदले सामुदायिक वनसँग पैसा मागे,’ स्रोतले भन्यो,‘त्यसपछि सामुदायिक वनको खातामा रहेको पैसा झिक्नका लागि पटक–पटक ठेकेदार बाबुराम र बिमल साउँदले उपभोक्ता समितिलाई थर्काउन थाले।’सामुदायिक वनका अध्यक्ष नरबहादुर सिरौलेका अनुसार कार्ययोजना अनुसार काटिएको काठ लिलाम गर्दा पुकु ट्रेडर्सले लिलाम सकारेपछि बीचमा आएर आफूले वनमा लगानी गरेको र सो रकम फिर्ता दिन भन्न थालेका थिए। तर, काठ कटानी गर्दा बाबुरामले लगानी लगाएका हुन् या हैनन् त्यो भने आफूलाई थाहा नभएको उनले बताएका छन्।

‘म अध्यक्ष हुँ, काठ कटानी गर्दा बाबुरामले लगानी गरेका हुन् भन्ने थाहा छैन,’ अध्यक्ष सिरौलेले भने,‘तर, आफूले लगानी गरेको भन्दै बाबुरामले पैसा माग्न थाले।’ बाबुरामले पैसा माग्न थालेपछि समितिको बैठक बसेर कुरा गरेको बताउँदै उनले भने,‘बाबुरामले काठ पुकु ट्रेडर्सले लगे पनि उसको पैसा फिर्ता गरिदिनुस् र हामीले कुरा मिलाइसक्यौँ, काठ उताबाट मैले लैजान्छु र मैले तपाईको सामुदायिक वनको खातामा आफ्नै फर्मबाट हालिदिन्छु भनेपछि हामीले पनि उसको कुरा पत्याएर पुकु ट्रेडर्सलाई तिर्नुपर्ने १६ लाख ९० हजार रुपैयाँ बाबुराममार्फत् फिर्ता र्गयौँ।’

पैसा फिर्ता गरेपछि भने न त बाबुरामले नै सामुदायिक वनको खातामा पैसा हाले, न सम्पर्कमा आएको उनले बताए। ‘हामीले त सामुदायिक वनको काठ पनि गुमायौँ, पैसा पनि गुमायौँ,’ अध्यक्ष सिरौलेले भने,‘न्यायका लागि वन कार्यालयमा पनि गयौँ, तर कतैबाट सहयोग पाएनौँ।’सामुदायिक वनको खाता रोक्का भए पनि बाबुरामले रोक्का खाता सञ्चालनका लागि डिभिजन वन कार्यालय सिलगढी डोटीका डिभिजनल प्रमुख रामचन्द्र कँडेललाई पत्र लगाउन लगाएको बताउँदै स्रोतले भन्यो,‘बाबुरामको सहकर्मी बिमल साउँदले सामुदायिक वनको रोक्का खातालाई फुकुवा गर्नका लागि जिल्ला सदरमुकामस्थिति डिभिजन वन कार्यालयबाट पत्र लेखाएर फुकुवा गराउन सहयोग गरेका थिए।

सोही पत्रका आधारमा सामुदायिक वनका अध्यक्षले चेक काटेर ठेकेदार चुडामणि अर्याललाई १६ लाख ९० हजार रुपैयाँ दिएको बताएका छन्। ‘म त न पढेको मान्छे हजुर,’ अध्यक्ष सिरौलेले भने,‘यता उती गरेर ठेकेदार, वन कर्मचारी र पटके ठेकेदारले गिजोल्दै मलाई झुक्याएर खाताबाट पैसा निकालेर लगे, अहिले मलाई न राति निद्रा पर्छ, न त दिनमा भोक नै लाग्छ।’ठेकेदार बाबुरामपछि अर्को पटके ठेकेदार टेक बोहराले सामुदायिक वनको काठ घाटगद्दीमा निकालनका लागि जंगलमा बनाएको बाटोबापतको ८ लाख ७५ हजार रुपैयाँ लगेको उनले बताए। ‘यसरी दुवै जनाले गरेर २५ लाख ६५ हजार रुपैयाँ लगिदिए,’ उनले भने,‘अब पैसा फिर्ता माग्दा उल्टै धम्क्याउँछन्।’

पुकु ट्रेडर्सका सञ्चालक मध्यका सुशन जोशीले भने बाबुरामबाट आफूले पैसा लिनुपर्ने भए पनि उसले उल्टै सामुदायिक वनबाट धम्क्याएर पैसा असुलेको बताएका छन्। ‘हामीले त बाबुरामबाट पैसा लिनुपर्ने थियो,’ उनले भने,‘उल्टै सामुदायिक वनबाटै पैसा लिएछ।’डिभिजन वन कार्यालय सिलगढीका प्रमुख रामचन्द्र कँडेलले प्रगतिशील सामुदायिक वनमा भएको हिनामिनाका विषयमा वास्तविकता सहितको प्रतिवेदन लिएर आउन सामुदायिक वनलाई पत्राचार गरेको बताए। ‘हामीले सामुदायिक वनलाई वास्तविकता के होरु सो जानकारी गराउन भनेर दुईपटक पत्राचार गरिसकेका छौँ,’ कँडेलले भने,‘यदि कसैको मिलेमतोमा पैसा निकालिएको भए हामी फिर्ता गराउन लगाउँछौँ।’

स्रोतका अनुसार यो रकम हिनामिनामा कोही अछुतो छैन। सामुदायिक वनका पदाधिकारीदेखि ठेकेदार र वनका कर्मचारीसम्मको मिलेमतोकै कारण यत्रो रकम हिनामिना भएको हो। ‘यत्रो ठूलो रकम कसैको खाताबाट एक्कासी बिना कार्ययोजना कसैले पनि निकाल्न सक्दैन,’ स्रोतले भन्यो,‘यसमा सबै दोषी छन्, गाउँ दुर्गममा भएकाले कसैले पनि थाहा पाउँदैनन् भनेर यस्तो गर्न खोजिए पनि ढिलोगरि रकम हिनामिनाको कुरो बाहिर आएको हो।’

बिहिबार, फागुन १२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.