धनगढी, ९ फाल्गुन । धनगढी उपमहानगरपालिकामा टावर लाइट निर्माण गरिएको छ। वडा नम्बर ८ को क्याम्पस चोकमा २ लाख ७५ हजारको बजेटमा उक्त टावर लाइट निर्माण भएको हो।
वडा कार्यालयको बजेटमा निर्माण भएको टावर लाइटको सोमबार प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेको वडाअध्यक्ष नारायण बरालले बताए। धनगढीमा अन्य स्थानमा समेत टावर लाइट जडान गर्ने धनगढीका नगरप्रमुख नृपबहादुर वडले बताएका छन्।
वडा कार्यालयको बजेटबाट २ लाख ७५ हजारको लागतमा उक्त टावर लाइट निर्माण भएको धनगढी उपमहानगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष नारायण बरालले बताए । बजारको शौन्दर्य र सुरक्षाका दृष्टिकोणलाई मध्यनजर गर्दै टावर लाइट निर्माण गरिएको वडा अध्यक्ष बरालले बताए ।
उद्घाटन पश्चात ५६ फिट अग्लो रहेको सो टावरमा आजै राष्ट्रिय झण्डा समेत फहराइएको अध्यक्ष बरालले जानकारी दिएका छन् । सो स्थानमा टावर बनेपछि नयाँ काम गरेको भन्दै सामाजिक संजाल फेसबुकमा वडा नम्बर ८ र उपमहानगरपालिकाको प्रशंसा भईरहेको छ ।