९ फाल्गुन । झापाकी पत्रकार माया पकवाल ५४ वर्षको निधन भएको छ। मिर्गौला रोगबाट ग्रसित पकवालको ओमसाई पाथिभरा अस्पताल, भद्रपुरमा उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
पववाल भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘वरुण’की प्रकाशक र सम्पादक थिइन्। उनी लामो समयदेखि मिर्गौला सम्बन्धि समस्याबाट पीडित थिइन्। पाँच वर्षअघि उनको भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।