धनगढी, ७ फाल्गुन । धनगढीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका १ बस्ने ६८ वर्षीय परुषको कोरोनाबाट शनिबार मृत्यु भएको हो।
उनी गत महिनाको २६ गते स्वास्थ्यमा समस्या आएर अस्पताल पुगेका थिए। २७ गते कोभिड परीक्षण गराएकोमा पोजेटिभ रिपोट आई कोरोना अस्पताल धनगढीमा उपचाररत थिए। उपचाररत उनको करिव १ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ।
