धनगढी, ५ फाल्गुन । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबारको तुलनामा सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९५ हजार ६ सय रुपैयाँमा पुगेको छ। बिहीबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको छ।