धनगढी,३ फागुन । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ७२ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा १० जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये ३ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । यस्तै सोही अवधिमा ७ जना कोरोनामुक्त भएका छन् ।