धनगढी, २ फाल्गुन । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सोमबार ६ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८२ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।
पछिल्लो २४ घण्टामा २ संक्रमित अस्पतालमा भर्ना भएका छन्। यस्तै हाल अस्पतालमा १७ जना संक्रमित विरामीको उपचार भइरहेको छ।
तीमध्ये ४ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै आज अस्पतालमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ।
