• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दिपायलको ट्रायल सेन्टर निरीक्षण नगरिँदा सञ्चालनमा आएन

डोटी,१ फागुन ।पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरमा निर्माण सम्पन्न भएको सवारी चालक अनुमतिपत्रको ट्रायल सेन्टर सञ्चालनमा आउन सकेको छैन । सम्बन्धित निकायले समयमै निरीक्षण नगर्दा उक्त सेन्टर सञ्चालनमा आउन नसकेको बताइएको छ ।

दुई वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको उक्त सेन्टर सरोकारवाला निकायको हेलचेक्र्याइँका कारण हालसम्म सञ्चालनमा नआएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका छन् । सञ्चालनमा नआउँदा उक्त सेन्टर हाल अलपत्र जस्तै भएको छ ।

तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले २०७५ साल चैत १७ गते शिलान्यास गर्नुभएको उक्त ट्रायल सेन्टरको २०७६ जेठ मसान्तभित्र भौतिक संरचना निर्माण गरिसक्ने र असारदेखि ट्रायल सेन्टर सञ्चालन गर्ने लक्ष्य राखिएको थियो ।

निर्माणको जिम्मा पाएको निकायले दुई वर्षभन्दा बढी समय लगाएर निर्माण कार्य सम्पन्न गरे पनि अहिले उक्त सेन्टरको निरीक्षण तथा काम सुरु गर्न अनुमति नदिएका कारण सञ्चालनमा आउन नसकेको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका नरेन्द्र शाहले बताए ।

यहाँका पहाडी जिल्ला अछाम, बाजुरा तथा डोटीका नागरिकको सहजताका लागि उक्त ट्रायल सेन्टर निर्माण गरिएको हो । प्रदेश सरकारको रु ३७ लाख ८१ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त ट्रायल सेन्टर सञ्चालनमा नआउँदा यहाँका नागरिकलाई समस्या भएको राजपुरका अर्का बासिन्दा कर्णबहादुर कठायतले बताए । भौतिक पूर्वाधार मन्त्रालयले समयमै उक्त ट्रायल सेन्टरको निरीक्षण गरेर निर्णय नदिँदा समस्या भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ।

ट्रायल सेन्टर निर्माण भइसकेको जानकारीसहित निरीक्षण गरिदिन गत साउन ५ गते मन्त्रालयलाई पत्र पठाएको भए पनि उक्त पत्रको कुनै जवाफ नआएका कारण सञ्चालन गर्न नसकिएको निमित्त प्रमुख भरत नेपालीले बताए।

उनका अनुसार भौतिक संरचनाको निरीक्षण भएपछि मात्रै ट्रायल लिने अनुमति प्राप्त हुनेछ र सवारी चालक अनुमति पत्रको प्रक्रिया सुरु हुनेछ । भौतिक पूर्वाधार विकास मन्त्रालयका यातायात क्षेत्रका शाखा अधिकृत मोहनचन्द्र जोशीले कामको लोड बढी भएका कारण निर्माण सम्पन्न भएको उक्त ट्रायल सेन्टरको निरीक्षण गरी अनुमति दिन नसकिएको बताए ।

यतिमात्र नभई यहाँका यातायात व्यवसायीको अनुमतिपत्र नवीकरण गर्नका लागि राजपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गरिए पनि आवश्यक जनशक्ति नहुँदा उक्त काम पनि सञ्चालन हुन सकेको छैन । कार्यालयमा तोकएका दरबन्दी अनुसारका कर्मचारी नआउँदा काम गर्नमा निकै सकस भएको निमित्त कार्यालय प्रमुख नेपालीले गुनासो गरे

आइतबार, फागुन ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.