धनगढी, १ फागुन । चौरासी बर्ष पुरा गरेको उपलक्ष्यामा गोदावरी नगरपालिका वडा नं ५ गेटा बस्ने एक दम्पतीले धनगढीमा रहेको दृष्टि फाउन्डेशन र मानव सेवा आग्रममा रहेका असहायहरुलाई सहयोग गरेका छन् ।
साविकको डोटी गडसेरा गाविस १ नकुराडा घर भई हाल गोदावरी नगरपालिका वडा नं ५ गेटा बस्ने कृष्णबहादुर देउवा र वहाँकी पत्नी सारदा देबी देउवाले दृष्टि फाउन्डेशन र मानव सेवा आग्रममा रहेका असहायहरुलाई खाद्यान्न, फलफुल , तरकारी सहयोग गरेका हुन ।उनिहरुले मानव सेवा नै सबैभन्दा उत्तम कार्य भएकाले असहाय र मनोरोगीहरुलाई सहयोग गरेको बताएका छन् ।
सहयोग कार्यक्रममा ८४ बर्षिय दम्पतीका छोराहरु मानबहादुर देउवा, शेरबहादुर देउवा , परिवारका सदस्य र आफन्तहरु उपस्थित रहेका थिए । उनका कान्छा छोरा रामबहादुर देउवा अमेरीकामा रहेका छन् । उनि पनि मानविय कार्यमा सक्रिय छन् ।
दुष्टि फाउन्डेशन धनगढीकी संचालिका कल्पना भट्टले मनकारी देउवा परिवारले पुण्य प्राप्तीको कार्य गरेको बताईन ।