धनगढी, २९ माघ/कैलालीका पत्रकार सिद्धराज भट्टलाई पितृशोक परेको छ । राष्ट्रिय समाचार समितिका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख समेत रहेका पत्रकार सिद्धराजका ८२ वर्षीय बुवा शिवराज भट्टको शनिबार दिउसो स्वर्गारोहण भएको छ ।
स्वासप्रस्वास तथा निमोनिया रोगबाट ग्रस्त रहेका उनको दुई सातादेखि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको थियो । उनका तीन छोरा र एक छोरी छन् ।