• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीका पशुपालक किसान भन्छन्, ‘खर्च बढ्यो तर आम्दानी घट्यो’

कैलाली, २८ माघ । कैलालीको टीकापुर नगरपालिका–१ का चक्रबहादुर बटाला भैँसीपालन व्यवसाय गर्दै आएका छन्। उनी पछिल्लो समय व्यवसायबाट सोचेजस्तो नाफा कमाउन नसक्दा निकै चिन्तित भएका छन्। लाखौँ लगानी गरिसकेका उनलाई आफ्नै क्षेत्रमा केही गर्नुपर्छ भन्ने लागेरै पाँच बिघा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका थिए। “व्यवसाय छ भन्नू मात्रै भएको छ। फाइदाको नाममा अहिलेसम्म देखिएको केही छैन। बर्सेनि बैंकको ऋण थपिएकै छ,” उनले भने, “केही व्यक्तिहरुलाई रोजगारी दिएका छौँ। उपलब्धि भनेको त्यहीँ भयो भन्ने लागेको छ।”

पछिल्लो समय पशुपालक किसान पशुलाई चाहिने आहारको जोहोमा बढी खर्च हुने र आम्दानी कम हुन थालेपछि निराश हुन थालेका छन्। यस वर्ष अत्यधिक वर्षाका कारण पशुका लागि परालको जोहो गर्न किसानलाई निकै समस्या भएको छ। विगतका वर्षमा दुई हजार ५०० मा पाउने परालको यस वर्ष तीन हजार पाँच सय परेको उनीहरु बताउँछन्। पशुका लागि चाहिने पराल, बरन, भुस्सालगायत बजारको दानाको मूल्य अत्यधिक बढे पनि आफूले उत्पादन गरेको दूधको बजार मूल्यले लागत उठाउन पनि निकै मुस्किल परेको उनीहरूको गुनासो छ।

भजनी नगरपालिका–१ का दुर्गाप्रसाद जैसी भजनीमै लामो समयसम्म भैँसीपालन व्यवसाय गरेर अहिले टीकापुरमा त्यहीँ व्यवसायलाई निरन्तरता दिँदै आएका छन्। टीकापुर बहुमुखी क्याम्पसको जग्गा भाडामा लिएर पशुपालन व्यवसाय गर्दै आएका उनको परिवार नै त्यहीँ व्यवसायमा छ। उनले बजारमा उपभोग्य वस्तुका साथै सबै सामग्रीहरुको मूल्यमा वृद्धि भएको जनाउँदै किसानहरूले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थको मूल्य किसानको हितमा नहुँदा कैयौँ किसान विस्थापितको अवस्थामा पुगेको बताए। “हाम्रो व्यवसाय, जागिर जे भने पनि सबै कृषि नै हो। परिवारका सबै त्यसैमा लाग्दा पनि कामको भार कम हुँदैन तर अन्तिममा आम्दानी हेर्दा अहिले नै व्यवसाय छोडौँ जस्तो लाग्छ,” उनले भने, “एउटा भैँसीलाई हुने दैनिक खर्चको लागत हेरेर दूधको मूल्य निर्धारण गर्न सकेपछि मात्रै किसान व्यावसायिक बन्न सक्छ। होइन भने हामी अनि केही वर्षमा विस्थापितको अवस्थामा पुग्ने निश्चित भइसकेको छ।”

लामो समयदेखि भैँसीपालन व्यवसाय गर्दै आएका टीकापुरका ललित थापाले पशुको आहाराको अभाव हुन थालेपछि पशुहरु घटाउनुभएको छ। पशुका लागि चाहिने आहाराको मूल्य बढ्दै गएपछि थेग्न मुस्किल भएको जनाउँदै उनले भोकभोकै भैँसीहरुलाई मार्नुभन्दा सस्तोमै भए पनि बिक्री गर्न उचित ठानेर घटाएको बताए। “मैले व्यवसाय गर्दा मसँग एक रुपैयाँ पनि ऋण थिएन। यो १०÷१२ वर्षको अवधिमा व्यवसाय गर्दै जाँदा ५८ लाख बैंकको ऋण पुगेको छ,” उनले भने, “कहिलेकाहीँ त लाग्छ, कुन दिनमा यो व्यवसायमा लागे। अहिले आफूसँग भएको सबै व्यवसाय बिक्री गरे पनि बैंकको ऋण तिर्न सक्ने अवस्था छैन।”

उनले अहिलेको अवस्थामा दूधको मूल्य वृद्धि भए पनि त्यसले दूध उत्पादक किसानहरूलाई फाइदामा ल्याउन सक्ने कुनै आधार नै नरहेको बताएका छन्। उनले गाईभैँसीलाई चाहिने घाँस र दानामा बढेको मूल्यलाई कम गर्न सक्यो भने मात्रै व्यवसायी टिक्ने आधार रहने बताए। “दूधको मूल्य बढाएर मात्रै किसानको समस्या समाधान हुने अवस्था छैन। त्यसले उपभोक्तालाई समेत असर पर्ने निश्चित छ,” उनले भने, “बरु स्थानीय सरकारले समन्वय गरेर गाईभैँसीलाई चाहिने पराल, धाना, भुस्सालगातय सामानहरुको मूल्य घटाएर उपलब्ध गराउन सके हामी प्रतिलिटर ५० रुपैयाँमै दूध उपलब्ध गराउन सक्छौँ।”

पछिल्लो समयमा सरकारले दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेसँगै टीकापुर नगरपालिकाको समन्वयमा दूध तथा दुग्धजन्य पदार्थको मूल्य निर्धारणका लागि तयारी गरेपछि किसानहरूले यस्तो गुनासो राखेका हुन्। बजारीकरणको अभावका कारण पनि कैयौँ किसानहरू विस्थापितको अवस्थामा पुगेको जनाउँदै यस्तै अवस्था रहे पशुपालक किसानहरू पलायन हुने गुनासो गर्दै आएका छन्। टीकापुर नगरप्रमुख तपेन्द्रबहादुर रावलले किसानहरूलाई सङ्गठित भएर साझा योजनाको साथ आउन आग्रह गर्दै नगरपालिका र किसानहरुको साझेदारीमा कृषि क्षेत्रमा लगानी गर्न सकिने जानकारी दिए।

रासस

शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.