धनगढी, २७ माघ । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बिहिबार ९ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ५४ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। हाल अस्पतालमा १७ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये २ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
