• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिँदै शुक्लाफाँटा नगरपालिका

कञ्चनपुर, ८ पुस । वातावरण सन्तुलन राख्न मद्दत पुर्‍याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले वैकल्पिक ऊर्जाको प्रयोगलाई बढावा दिन थालेको छ। परम्परागत घरायसी इन्धनका रुपमा प्रयोग हुने दाउराको प्रयोग घटाएर वन संरक्षणमा टेवा पुर्‍याउन वायोग्यास, सुधारिएको चुलो र विद्युत्को विकल्पका रुपमा सडक सौर्य ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउँदै आएको छ।

विकट ग्रामीण क्षेत्रमा दाउराको अत्यधिक प्रयोग हुने गरेकाले वातावरण प्रदूषण, वन विनाससँगै स्थानीय बासिन्दामा स्वाशप्रश्वाससम्बन्धी रोगको सङ्क्रमण बढ्दो रुपमा रहेकाले त्यसलाई न्यूनीकरण गर्न अनुदान रकम उपलब्ध गराएर वायोग्यासको प्रयोगलाई सबैको पहुँचमा पु¥याउने कार्यलाई निरन्तर रुपमा अगाडि बढाइदै आएको नगरपालिकाको ऊर्जा एकाइका प्रमुख सुरेन्द्रदेव भट्टले बताए।

“वायोग्याससहित शौचालय निर्माण गर्नेलाई ३० हजारका दरले प्रति प्लान्ट अनुदान रकम उपलब्ध गराउँदै आएका छौं”, उनले भने। नगरपालिकाको अनुदानमा आव २०७६÷७७ मा १५ र आव २०७७÷७८ मा १८ गरी ३३ वायोग्यास प्लान्ट निर्माण भइसकेका छन्। चालू आवमासमेत २० भन्दा बढी वायोग्यास प्लान्ट निर्माण गर्ने लक्ष्य लिइएको छ। विपन्नसँगै दुर्गम क्षेत्रमा रहेका बासिन्दालाई पहिलो प्राथमिकतामा राखेर वायोग्यासका लागि अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको एकाइ प्रमुख भट्टको भनाइ छ। नगरपालिकाका १२ वटै वडाका २५० घरघुरीलाई सुधारिएको चुलोसमेत वितरण गरिएको छ।

सुधारिएको चुलोका लागि ८० प्रतिशत रकम सङ्घीय सरकारले र २० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने गरी सुधारिएको चुलो वितरण गरिएको छ। नगरपालिकाको विद्युत्को व्यवस्था नभएका क्षेत्रमा सडक सौर्य बत्ती २५ खम्बामा जडान गरिएका छन्।

सौर्य बत्तीका लागि लाग्ने सबैखर्च नगरपालिकाले व्यहोरेको छ। सर्वसाधारणलाई सडक क्षेत्रमा हिँडडुल गर्न सहजताका लागि सौर्य बत्ती जडान गरिएको बताइएको छ। सौर्य सडक बत्तीका लागि मात्रै आव २०७७÷७८ मा २५ लाख रकम खर्च गरिएको छ। विद्युतीकरण भएका वडा नं ४, ११, १०, ९, ५, ७, ८ र ६ मा सेन्सरयुक्त सडक बत्तीसमेत जडान गरिएका छन्।

नगरपालिकाका भौगोलिक रुपमा विकट ग्रामीण क्षेत्रमा रहेका बस्तीमा वैकल्पिक ऊर्जाअन्तर्गत सुधारिएको चुलो, सौर्य ऊर्जा, वायोग्यास, सोलार सिँचाइ, सोलार खानेपानी र सोलार पम्पिङ जस्ता कार्यक्रमलाई प्रवद्र्धन गर्नका लागि लक्षित समुदायलाई सचेतनामूलक कार्यक्रममार्फत जानकारी दिने कार्यसमेत हुँदै आएका छन्।

“स्वास्थ्य स्वयंसेविका, किसान समूह, आमा समूह, महिला शिक्षक, माध्यमिक तहका विद्यार्थीलाई ऊर्जा कार्यक्रमबारे अभिमुखिकरण कार्यक्रम गरी जानकारी दिने कार्यसमेत गर्दै आएका छौं”, नगर प्रवक्ता कमल गिरीले भने, “जसबाट वैकल्पिक ऊर्जाको महत्व स्थानीय बासिन्दाले बुझेर प्रयोगमा ल्याउन सक्छन्।” रासस

बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.