धनगढी ४ पुस/कैलालीको धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत ३७ विद्यालयका नौं सय ६० छात्राहरुलाई शैक्षिक सामाग्रीका साथै विद्यालय पोशाक र न्यानो कपडा वितरण गरीएको छ ।
चेलीबेटी ओसारपसार रोकथाम अन्तर्गत विपन्न वर्गका बालबालिकाहरुको शिक्षाका माध्यमबाट जोखिम न्यूनिकरण गर्ने उदेश्यले दुई पालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्म अध्ययनरत छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको हो ।
अमेरिकन हिमालयन फाउण्डेसनको आर्थिक सहयोग, ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी काठमाण्डौंको र महिला विकास समाज धनगढीको समन्वयमा शैक्षिक सामाग्रीका साथै विद्यालय पोशाक र न्यानो कपडा वितरण गरेको हो ।
कक्षा १ देखि २ सम्मका छात्राहरुलाई सानो कपी १६ वटा, पेन्सिल ३०, इरेजर १५, झोला १, पेन केस १, शर्टिङ १, सूटिङ १ र स्वीटर १ वटा प्रदान गरिएको छ । कक्षा ३ मा अध्ययनरत छात्राहरुलाई कपी १६, पेन्सिल ३०, इरेजर १५, रेष्ट बुलेटिन १, झोला १, पेन केस १, शर्टिङ १, सूटिङ १ र स्वीटर १ वटा प्रदान गरिएको छ । कक्षा ४ र ५ का छात्राहरुलाई कपी ठूलो २०, डटपेन १५, पेन्सिल ५, इरेजर ५, रेष्ट बुलेटिन १, ज्यामेटी बक्स १, पेन केस १, शर्टिङ १, सूटिङ १ र स्वीटर १ वटा प्रदान गरिएको छ ।
कक्षा ६ र ७ मा अध्ययनरत छात्राहरुलाई ठूलो कपी २०, डटपेन २०, पेन्सिल ५, ईरेजर ५,५, रेष्ट बुलेटिन १, ज्यामेटी बक्स १, पेन केस १, शर्टिङ १, सूटिङ १ र स्वीटर १ वटा प्रदान गरिएको छ ।
कक्षा ८ र ९ मा अध्ययनरत छात्राहरुलाई ठूलो कपी२४, लामो कपी ६, डटपेन ३०, पेन्सिल ५, ईरेजर ५,५, रेष्ट बुलेटिन १, ज्यामेटी बक्स १, पेन केस १, शर्टिङ १, सूटिङ १ र स्वीटर १ वटा प्रदान गरिएको छ ।कक्षा १० मा अध्ययनरत छात्राहरुलाई ठूलो कपी २४, लामो कपी ६, डटपेन ३०, पेन्सिल ५, ईरेजर ५, रेष्ट बुलेटिन १ र ज्यामेटी बक्स १ प्रदान गरिएको छ ।
धनगढी उप–महानगरपालिका–११, घोडसुवामा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ रानाको अध्यक्षतामा तथा वडा सदस्य उत्तमराज जोशी, धनगढी उप–महानगरपालिकाका विद्यालय निरीक्षक घुम्मनसिंह वडायकको उपस्थितिमा छात्राहरुलाई सो सामाग्री वितरण गरीएको हो ।
यस्तै, मंसिर २६ गते पनि गोदावरी नगरपालिका–७, हरैयास्थित दुर्गा भवानी माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ४३ जना छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको थियो । गोदावरी नगरपालिका अन्तर्गत २० वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म ५ सय ४७ छात्राहरु चेलीवेटी ओसारपसार रोकथाम कार्यक्रम (एसजिटी) कार्यक्रम अन्तर्गत अध्ययनरत छन् ।