धनगढी, २ पुष । कैलालीको अत्तरियामा आजवाट सुदूरपश्चिम राजधानी कप २०७८ सुरु भएको छ । पि एफ ए स्पोट्स क्लबको आयोजनामा आजवाट पुस १० गते सम्म तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष फुटबल प्रतियोगिता हुँदै छ ।
गोदावरी नगरपालिका वडा नं ८ मा रहेको शिवशक्ति खेल मैदान स्याउलेमा केही बेर अघी प्रतियोगिताको उद्धघाटन भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिताको उद्धघाटन गरेका छन । प्रतियोगिताको पुरुष तर्फ बिजेता हुने टिमलाई ५ लाख र उप बिजेताले २ लाख ५० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् भने महिला तर्फका बिजेता टिमले १ लाख ५० हजार र उप बिजेता हुने टिमले ७५ हजार रुपैया नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् ।
यस्तै दुवै तर्फ बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद र ट्रफि प्रदान गरिने छ ।कुल जम्मा ४७ लाख ६ हजार रुपैया खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा अत्तरिया , धनगढी , कञ्चनपुर , बुटबल लगाएतका ठाउँवाट गरि पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुका लागि कुनै उमेर समूह र क्षेत्र तोकिएको छैन ।