धनगढी, १ पुस । सुदूरपश्चिम प्रदेशमा बजेट अभावले जनता आवास कार्यक्रमअन्तरगत थप घर निर्माणमा समस्या हुने देखिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरसको संक्रमणका कारण घरधुरी छनौट गर्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले दोस्रो वर्ष छनौट गरेको थियो ।
तर आर्थिक वर्ष २०७७र७८ मा कैलाली र कञ्चनपुरमा छनौट भएका ४३७ घर अहिले पनि निर्माणको चरणमा रहेको सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर एव्म सूचना अधिकारी भूपेन्द्र सिंहले जानकारी दिए । उनकाअनुसार कैलालीमा २०० र कञ्चनपुरमा २३७ घर निर्माणको चरणमा छन् ।
कार्यालयले प्रतिघर तीन लाख ३६ हजार रुपैयाँका दरले सम्बन्धित घरधनीलाई बजेट भुुक्तानी गनर्ुुपर्नेमा हालसम्म पहिलो किस्ताबापतको ९० हजार रुपैयाँ वितरण गरिएको सिंह बताउँछन् । दोस्रो र तेस्रो किस्ता भने कामका आधारमा भुुक्तानी दिइने बताउँदै सिंहले अहिलेसम्म निकासा नदिइएको बताए ।
बजेट अभाव
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालुु आर्थिक वर्षमा जनता आवास कार्यक्रमका लागि भन्दै १० करोड ८१ लाख रुपैयाँ बजेट पठाएको छ । मन्त्रालयबाट कैलालीका लागि पाँच करोड ७६ लाख र कञ्चनपुरका लागि पाँच करोड पाँच लाख बजेट आएको सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख गोविन्द देवकोटाले जानकारी दिए ।
आर्थिक वर्ष २०७५⁄७६ मै छनौट भएर निर्माण गरिनुपर्ने चार सय ३७ घर कोरोना महामारीका कारण तीन वर्षदेखि निर्माणकै चरणमा छन् ।प्रदेश सरकारले निकासा गरेको बजेट हाल निर्माण भइरहेका घरका लागि पुग्ने देखिए पनि सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु वर्षमा थप घर निर्माण गर्नमा भने समस्या हुने देखिन्छ ।
‘हामीले जनता आवास कार्यक्रमअन्तरगत कैलाली र कञ्चनपुरमा कुल सात सय ५६ घर निर्माण गर्ने लक्ष्य राखेका छौँ’ प्रमुख देवकोटाले अनलाइनखबरसँग भने, ‘४३७ घर निर्माणको चरणमा छन् भने थप ३१९ घर छनौटको प्रक्रियामा छन् । तर ती घर बनाउन अहिलेको बजेटले पुग्दैन्, त्यसैले हामी थप बजेट माग गछौँ ।’
देवकोटाका अनुसार अहिले मन्त्रालयले पठाएको बजेट के(कति खर्च हुन्छ भन्ने यकिन भइसकेको छैन । त्यो यकिन गरेर मात्र थप आवश्यक पर्ने बजेट माग गरिनेछ । त्यसपछि घरधुरी छनौटको प्रक्रिया पनि अघि बढाउने देवकोटाले जानकारी दिए ।
जनता आवास कार्यक्रमअन्तरगत सरकारले विपन्न समुदायका लागि घर निर्माण गर्दै आएको छ । विगतमा संघीय सरकारले कार्यान्वयन गरिरहेको यो कार्यक्रम अहिले प्रदेश सरकारको जिम्मामा छ ।
जनता आवास कार्यक्रमअन्तरगत सहरी विकास तथा भवन निर्माण कार्यालयले १६७ घर निर्माण गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा छनौट भएका १७१ मध्ये १६७ घर निर्माण भएको कार्यालयले जनाएको छ । जस अन्तरगत कैलालीमा ६७ र कञ्चनपुरमा १०० घर निर्माण गरिएका छन् ।