धनगढी,२९ मंसिर । कैलालीको अत्तरिया चोकमा आगलागी भएको छ । सुदूरपश्चिम प्रदेशको केन्द्र बिन्दु रहेको अत्तरिया चोकमा आज बिहान ५ बजे तिर आगलागी भएको हो ।
बिधुतको तार सट भएर आगलागी भएको प्रहरीले जनाएको छ । बजारका पोलमा बिधुत लगायत अन्य केवलका तारहरु एकै ठाउँमा जोडिएकाले बिधुत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
स्थानीय र नेपाल प्रहरीले नगरपालिकाको दमकल लाई खबर गरेका थिए तर दमकल भने आगलागी भएको १ घण्टा पछि पुगेको थियो । मानवीय क्षति भने भएको छैन् । आगलागी भएको ठाउँमा दमकल पुगुन्जेल सम्म आगो नियन्त्रणमा आइसकेको स्थानीयले बताए।