बैतडी, २७ मंसिर । बैतडीको पाटन ८ खोडपे आसपासमा तीनदिनदेखी विद्युत अबरुद्ध हुदा सेवाग्राही समस्यामा परेका छ्न । शनिबार देखि विद्युत अबरुद्ध हुदा यहाँका सेवाग्राही समस्यामा परेका हुन ।
विद्युतबाट संचालनमा रहेका खानेपानी योजना बन्द भएका छ्न भने बैंकिङ कारोबार ठप्प भएका छन् । सञ्चारसेवा पनि ठप्प छ । लगातार ३ दिनदेखी विद्युत अबरुद्ध हुदापनि नियामक निकायले चासो नदिएको स्थानिय अर्जुन बिष्टले बताउनुभयो ।
३ दिनको अवधीमा विद्युत अबरुद्ध हुनको कारण समेत पत्ता लाग्न सकेको छैन । आज बिहानैदेखि कर्मचारीहरु फिल्डमा रहेकाले दिउसोसम्म विद्युत सुचारु हुने विद्युत बितरण केन्द्रका प्रमुख पुस्पराज भट्टले जानकारी दिनुभयो । पाटन ३ ट्क्लेदेखि खोडपेसम्म बिधुत अबरुद्ध बनेको छ ।
