• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रातो कितावमा भएका आयोजना कार्यान्वयन नगर्न मन्त्रीका स्वकीय सचिवको निर्देशन

धनगढी, २६ मंसिर । चालू आर्थिक वर्षका लागि छनोट भएका अछामका ५९ योजना कार्यान्वयन नगर्न भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीका निजी सचिवले निर्देशन दिएका छन् ।

शुक्रवार मन्त्रालयको आधिकारिक पत्रमा आफैंले हस्ताक्षर गरी सोडारीका निजी सचिव ललितबहादुर बोहराले ५९ योजना कार्यान्वयन नगर्न जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय अछामका प्रमुखलाई निर्देशन दिएका हुन् ।

निर्देशन पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस मन्त्रालय वाट चालू आव २०७८/०८९मा कार्यान्वयन हुने गरी बजेट विनियोजन भएका तपसिल बमोजिमका योजनाहरू कार्यान्वयनमा नलैजान भनी सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्य ज्यू र स्थानीय समुदायबाट माननीय मन्त्री ज्यूको निजी सचिवालयमा माग भएकाले अर्को व्यवस्था नभएसम्मका लागि ती योजना तत्काल कार्यान्वयन नगर्न हुन माननीय मन्त्री ज्यूको आदेश छ ।’

स्वकीय सचिवले कार्यान्वयन नगर्न भनेका योजना मध्ये अधिकांश योजना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरको क्षेत्रका छन् । उनी अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिसमेत हुन् । तर, आफ्ना योजना कसको निर्देशनमा कार्यान्वयन नगर्न भनियो भन्ने बारे आफैं अनविज्ञ रहेको उनी बताउँछन् ।

‘आफ्नो क्षेत्रका योजना कार्यान्वयन नगर्न भन्दै कसैले पनि सिफारिस गर्दैन,’ उनले भने ‘मलाई पनि यो विषयमा कुनै जानकारी छैन । ’ उनले आफूले पनि स्वकिय सचिवको निर्देशन पत्र पढेपछि मात्रै योजना कार्यान्वयन नगर्ने भन्ने विषयमा जानकारी पाएको बताएका छन् ।

‘मुख्यमन्त्रीलाई सोधेँ, आन्तरिक मामिला मन्त्रीलाई पनि सोधेँ सबैले केही थाहा छैन भन्नुभयो,’ उनले भने ‘सम्बन्धित मन्त्रालयको मन्त्रीलाई सोध्दा पहिला मिटिङमा छु भन्नुभयो । पछि उठाउनुभएन ।’

उनले अछाममा जस्तै डोटीका योजना पनि कार्यान्वयन नगर्न भन्ने निर्देशन आएको बताए । ५१ योजना डोटीका र ५९ योजना अछामका कार्यान्वयन नगर्न निर्देशन पत्रमा उल्लेख भएको बताए ।

‘हामीले हाउसबाट पास भएको योजना किन कार्यान्वयन नगर भन्छौं र ?,’ कुँवरले प्रतिप्रश्न गरे, ‘कुनै माननीयले मेरो विकासका कार्यक्रम काट्दे भन्छ ?’

उनले योजना कार्यान्वयन नगर्न निर्देशन दिने अधिकार स्वकीय सचिवमा नरहेकोसमेत दावी गरे । उनले भने, ‘यो त सरकारले पनि रोक्न मिल्दैन । काम नभएपछि बैशाख महिनामा रकमान्तर गर्ने हो । नभए स्वकीय सचिव भनेको कुनै आधिकारिक होइन ।’

यस्तो छ स्वकीय सचिवको तर्क
प्रदेशसभा सदस्य कुँवरले आफूहरूलाई जानकारी नगराई योजना कार्यान्वयन नगर्न निर्देशन दिएको आरोप लगाए पनि मन्त्रीका स्वकीय सचिव ललितबहादुर बोहराले भने सम्बन्धित प्रदेशसभा सदस्यकै माग अनुसार यस्तो निर्णय गरिएको दावी गरेका छन् ।

‘मन्त्रालयको सिलिङभन्दा बाहिरबाट आएका योजनाहरूलाई छानबिनका लागि यस्तो निर्देशन गरिएको हो,’ उनले भने ‘यसमा सम्बन्धित प्रदेशसभाका माननीय ज्यूहरुले नै निवेदन दिनुभएको छ ।’

मन्त्रालयबाट पठाएको योजनाहरूमा कम रकम राखेर अवैधानिक ढंगबाट आएका योजनाहरुमा बढि रकम रहेकाले पनि छानबिन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘हामीले मन्त्रालयबाट पठाएका योजनाहरूमा ७ लाख, ८ लाख, १० लाख छन् । झ्यालबाट आएका योजनाहरूमा भने २०–२५ लाख छन् । यसमा भ्रष्ट्राचार भएको र किनबेचको माध्यमबाट योजना जान लागेको गुनासो उठ्यो उनले भने, ‘माननीय ज्यूहरूले पनि हामीलाई निवेदन दिनुभएको छ । निवेदनकै आधारमा तत्काल रोक्नका लागि भन्ने पत्र पठाएको हो ।’

उनले यस विषयमा मन्त्रालयले नीतिगत निर्णय गर्ने समेत स्पष्ट पारे । कैलाली कञ्चनपुर र डँडेल्धुराबाहेक सबै जिल्लामा केही योजनाहरू अनधिकृत ढंगबाट आएको उनको दावी छ । ती जिल्लामा निवेदनको आधारमा योजना रोक्न लगाइएको बताए ।

आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.