धनगढी, १४ कार्तिक/ कैलालीको अत्तरिया चौकमा पूर्व राजा महेन्द्र शाहको शालीक निमांण गरिने भएको छ ।
शालिक पुनः निर्माण समितिले भोली मंगलबार शालीक पुनः निर्माणको कार्य शुभारम्भ गर्न लागेको हो ।
एतिहासीक महत्व बोकेको पूर्व राजा महेन्द्रको शालिक राष्ट्रिय पहिचानको सम्पदा भएकोले पुनः निर्माण गरिन लागेको सो समितिका अध्यक्ष हरीदत्त भट्टराइले बताए ।
सो समितिले भेला गरि निर्माण समिति गठन गरेको थियो । अध्यक्ष भट्टराइका अनुसार आम जनतासंग स्वईच्छाले दिएको दानबाट शालीक पूर्वत जस्ताको त्यस्तै सोही स्थानमा पुनः निर्माण गरिने छ ।
जनयुद्ध पछि शान्ति पक्रियामा आएपछि चौक, मन्दिर, पार्क लगायतका स्थानमा रहेका राजाका शालीकहरु हटाइएका थिए ।