धनगढी,२८ असोज । बैतडीमा गुडिरहेको बसमाथि ढुङ्गा खसेको छ। बिहीबार जिल्लाको पाटन नगरपालिका ८ आरुबाटामा बैतडीबाट महेन्द्रनगरतर्फ गइरहेको ना६ख ९६७२ नम्बरको बसमाथि ढुङ्गा खसेको प्रहरीले बताएको छ।
बसमाथि ढुङ्गा खस्दा बसमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका (१४ की २० वर्षीया बिमला भट्ट घाइते भएकी छिन्। उनलाई खोड्पे स्वास्थ्य चौकीमा उपचारपछि महेन्द्रनगर पठाइएको अस्थायी ट्राफिक पोष्ट खोड्पेले जनाएको छ।
