धनगढी,२६ असोज । कैलालीको गौरिगंगा नगरपालिकामा विंगर दुर्घटना भएको छ ।
धनगढीबाट छुटेको विङ्गर गौरिगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा दुर्घटना भएको हो ।
मोटरसाईकलसंग ठोकिएको सो विंगरमा सवार १२ जना घाइते भएका छन्। से १ ज ११०५ नम्बरको विङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विङ्गरमा सबार ११ र एकजना मोटरसाइकल चालक गरी १२ जना घाइते भएका कैलाली प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए ।
मोटरसाइकल चालक धनगढी वडा नम्बर १५ का लक्ष्मण चौधरीको अवस्था गम्भीर रहेको उनले बताए । धनगढीबाट टीकापुर गइरहेको विङ्गरले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको उनले बताए ।
घाइतेलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशि अस्पताल पठाइएको उनले बताए।